सप्तरीमा अज्ञात समूहद्वारा ट्रकमा आगजनी

जगत ठाडा मगर
२०७८ माघ १२ | बिहान १०:१० बजे

सप्तरी, १२ माघ । सप्तरीमा अज्ञात समूहले एक ट्रकमा आगजनी गरेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ४ मा ना ५ ख १९११ नम्वरको ट्रकमा आगजनी गरेको हो ।
मंगलवार राति करिब ११ बजे अपरिचित व्यक्तिहरुले रोकेर उक्त ट्रकमा आगजनी गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रामकुमार यादवले जानकारी दिए । उनका अनुसार आगजनीबाट ट्रकमा पूर्ण क्षति पुगेको छ । आगजनी कसले र किन गरेको कुरा खुल्न सकेका छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि पुस १६ गते पनि सोही गाउँपालिकाको वडा नम्बर ५ महुली पुलमा एउटा ट्रकमा आगजनी भएको थियो । सो घटनाका दोषी पनि अहिलेसम्म पक्राउ परेका छैनन् ।






















