रुपन्देहीमा आँखा फुटाइएको अवस्थामा पुरुष मृत फेला

जगत ठाडा मगर
२०७८ माघ १२ | बिहान १०:१० बजे

बुटवल, माघ १२ । रुपन्देहीको सैनामैनामा एक पुरुष मृत फेला परेका छ्न् ।
मंगलबार साँझ ७ बजेतिर घर बाहिर घुम्न निस्केका सैनामैना–१, रानीकुवा बस्ने अन्दाजी ४३ वर्षीय दीलबहादुर विक खेतमा मृत फेला परेका प्रहरीले जनाएको छ । मृत शरीर हेर्दा आँखा फुटेको र टाउकोमा चोटपटक देखिएको छ ।
हत्या गरी फालिएको हुन सक्ने स्थानीय बािसन्दाले आशंका गरेका छन् । घटनास्थलतर्फ प्रहरी पुग्दै गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।






















