मुख्य समाचार

धनुषामा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप

जगत ठाडा मगर
२०७८ माघ १२ | बिहान १०:१० बजे

जनकपुरधाम, १२ माघ । धनुषामा प्रहरी र जनमत पार्टीका कार्यकताहरुबीच झडप भएको छ ।

आज (बुधबार) राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेका हुन् । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।

अहिले प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका छन् । तर उनीहरुले जनकपुरधामका बिभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।

कमेन्टहरु