आज सात वटै प्रदेश सरकारलाई जनमत पार्टीले ज्ञापनपत्र बुझाउँदै

जगत ठाडा मगर
२०७८ माघ १२ | बिहान ०९:१० बजे

काठमाडौ । किसान आन्दाेलनका नाममा एक महिनादेखि सडकमा उत्रिएकाे जनमत पार्टीले आज बुधबार सातवटै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने भएकाे छ ।
पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा छ ।
‘पहिले खाद (मल) देऊ, अनि मात्रै भोट खसाऊ’ भन्दै जनमतले ज्ञापन पत्र बुझाउन लागेकाे हाे ।






















