रुपन्देहीको घोडाहा जंगलमा एक महिला र बालिकाको शव फेला

जगत ठाडा मगर
२०७८ माघ ११ | मध्यान्ह ०५:१० बजे

बुटवल, माघ ११ । रुपन्देहीको घोडाहा जंगलमा एक महिला र बालिकाको शव फेला परेको छ । मंगलबार दिउँसो देवदह नगरपालिका–९ मा रहेको घोडाहा जंगलमा अन्दाजी ३५ वर्षकी महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव फेला परेको हो ।
शवको प्रकृति हेर्दा बालिकाको घाँटी रेटि हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिए । उनीहरू आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ । मृत शरीर पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।
शवको पहिचान खुल्न नसकेको र घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।






















