मुख्य समाचार

आरसिसि ढलानमा झोल ओ.पि.सि सिमेन्टको ठाउमा पि.पि.सि को प्रयोग

जगत ठाडा मगर
२०७८ माघ ११ | मध्यान्ह ०२:१० बजे

रामजी प्रजापति

नवलपरासी, माघ ११ । नवलपरासीको रामग्राम – ४ जितपुरमा ५६ मिटर लम्बाई र नालासहित १२ फिट चौडाइको नया बाटोको आर. सि. सि ढलान चित्त नबुझ्दो तरिकाले भइरहेको हुदा स्थानीयद्वारा विरोध गरिएको छ । ईन्जिनियरले भनेको अनुसार ओ.पि.सि सिमेन्टको प्रयोग गर्नु भनेतापनि उपभोक्ता समितिले पि.पि.सि प्रयोग गरेका छन् ।

रामग्राम नगरपालिकाले उक्त बाटोको लागि ४ लाख बजेट छुट्याइ रामग्राम ४ जितपुरलाई दिएको छ । उक्त बाटोको ठेकेदार नारायण लामिछानेले ५६ मिटर लम्बाई र १२ फिट चौडाई थियो तर काम गर्दै जादा ५ मिटर लम्बाई बढेकाले त्यस निर्माण कार्यको लागि ओ.पि.सि सिमेन्ट प्रयोग गर्ने भने तापनि उपभोक्ता समितिले मनमानि गरेर पि.पि.सि र ओ.पि.सि सिमेन्ट प्रयोग गरेको बताए ।

जितपुरका उपभोक्ता समितिले जबरजस्ती गरेर निर्माण कार्य गरेको स्थानीयले बताएका छन् । यस कार्यमा अध्यक्ष रामानन्द कोईरी, सचिव बिजय पटेल, कोषाध्यक्ष ईन्द्रावती कुर्मी, सदस्य रिना कुर्मी, सदस्य ईद्रिस देवान लगायत अन्य व्यक्तिको संलग्नता रहेको छ ।

कमेन्टहरु