पाल्पामा किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ

जगत ठाडा मगर
२०७८ माघ ११ | मध्यान्ह ०१:१० बजे

पाल्पा, माघ ११ । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पाबाट एक युवकलाई पक्राउ गरेको छ ।
१७ वर्षीया किशोरी बलात्कारको आरोपमा बर्दियाको मधुवन नगरपालिका-३ घर भई हाल पाल्पाको तानसेन नगरपालिका-६ बस्दै आएका २१ वर्षीय सागर चौधरीलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















