राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मात्र मतदान गर्ने राप्रपाको निर्णय

जगत ठाडा मगर
२०७८ माघ ११ | मध्यान्ह ०१:१० बजे

काठमाडौं, माघ ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले सो निर्णय गरेको हो ।
प्रदेश नंं १ मा पार्टीका उम्मेदवारहरू अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेल उम्मेदवार रहेकाले उनीहरुको पक्षमा मतदान गर्न पार्टीका मतदातालाई बैठकले निर्देशन दिएको छ । अन्य प्रदेशहरूमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान नगर्न निर्देशन दिएको छ ।
‘अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो’ महामन्त्री भुवन पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।






















