एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह ३१ परासीको संयोजकमा हुसेन अन्सारी निर्वाचित


बिनोद निगम
नवलपरासी, माघ १० । मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि विश्वव्यापी रुपमा कार्यरत एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासी, नवलपरासीको २५ औं वार्षिक साधरणसभा तथा २२औं अधिवेशन परासीमा सम्पन्न भएको छ।
समूहको सोमबार परासीमा भएको २५औं वार्षिक साधारण सभा तथा २२औं अधिवेशनबाट आगामी दुई वर्षका लागि पत्रकार समेत रहेका अन्सारीको नेतृत्वमा निर्विरोध नयाँ नेतृत्व चयन भएको हो ।
एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासी नवलपरासीको संयोजक सद्दाम हुसैनको अध्यक्षता तथा एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासीका सदस्य वरिष्ट मानव अधिकारकर्मी कैलाश ठाकुरको प्रमूख अतिथिकतामा सम्पन्न भएको छ।
संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव जितेन्द्र गुप्ताले एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासी, नवलपरासीले गत आर्थिक वर्ष २०७७/०७८८ मा कोभिड-१९ का कारण धेरै कार्यक्रम गर्न नसकेपनि गत आर्थिक वर्षमा ८ बैठक तथा ९ वटा कार्यक्रमको सफल पूर्वक सम्पन्न भएको वताए।
त्यस्तै, लेखा प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष वविता जयसवालले गत आर्थिक वर्ष २०७७/०७८ मा कुल ४१ हजार २ सय ७१ रूपयाँ बरावरको आर्थिक कारोवार गरेको बताएकी छिन्।
एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासी नवलपरासीको २२औं अधिवेशन समेत सम्पन्न गर्दै अध्यक्षमा पुन: निवर्तमान अध्यक्ष सद्दाम हुसैनलाई चयन गरेको छ। अध्यक्ष चयन भए सँगै सह-संयोजकमा सूरज यादव, सचिवमा उमेश विक, सहसचिवमा विपिन गौड, कोषाध्यक्षमा बलिराम यादव तथा सदस्यमा ईमामुल अलि, निर्मला जयसवाल, सञ्जय कुशवाहा, दिपेश शर्मा चयन भएका छन्। त्यस्तै कार्यक्रम संयोजकमा सन्दिप अग्रहरी, मीडिया संयोजकमा जितेन्द्र गुप्ता,सदस्यता वितरण संयोजक राजु देवान, पब्लिक रिलेसन संयोजकमा नरेश जयसवाल निर्विरोध निर्वाचित भएका छन्।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासी नवलपरासी निवर्तमान अध्यक्ष विजय जयसवाल, अतिथिको रूपमा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य बेचु गौड, रामग्राम नगरपालिका वार्ड नं ०६ का वार्ड अध्यक्ष जितेन्द्र प्रसाद अग्रहरी, संस्थाका सदस्य एवम् समाजसेवी सुखादी प्रसाद चौधरी, पत्रकार रंजीत शर्मा, ज्ञानेश्वर साहनी, विनोद निगम लगायतको उपस्थिति रहेको थियो भने स्वागत मन्तब्य सह- संयोजक सूरज यादव तथा कार्यक्रम सञ्चालन मिडिया संयोजक उमेश विकले गरेका थिए ।






















