राजनीति

वडा अध्यक्ष र सचिवलाई अखिल (क्रान्तिकारी) का कार्यकर्ताले दले कालोमोसो

जगत ठाडा मगर
२०७८ माघ १० | मध्यान्ह ०७:१० बजे

बझाङ, माघ १० । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) का कार्यकर्ताले बझाङको बित्थडचिर गाँउपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेका छन् ।

वडाको योजनामा करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेको लगायत आरोप लगाउँदै कालोमोसो दलेको अखिल(क्रान्तिकारी)द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

अखिल(क्रान्तिकारी) सधैं जनताको पक्षमा रहेको बताउँदै स्थानीयको रिपोर्ट र संगठनको अध्ययनको आधारमा जनहितविपरित कार्य भएको ठहर गर्दै कारबाही गरिएको अखिल (क्रान्तिकारी) को दाबी छ ।

photo 2022 01 24 05 57 47

कमेन्टहरु