मधेश प्रदेश : ६ महिनामा सवारी दुर्घटनामा २ सय ५२ जना पुरुष र ४७ जना महिलाको मृत्यु

जगत ठाडा मगर
२०७८ माघ १० | मध्यान्ह ०१:१० बजे

जनकपुधाम, १० माघ । ६ महिनामा मधेश प्रदेशमा सवारी दुर्घटनामा परी २ सय ९२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ सय ५२ जना पुरुष र ४७ जना महिला रहेका छन् ।
प्रदेशमा ६ महिनामा २ हजार ८ सय ५९ वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा ८ सय ८० जना महिला सहित ४ हजार २ सय ३८ जना घाइते भएको प्रहरीको तथ्यांक छ । ट्राफिक तर्फ २ सय ६८ वटा मुद्दा दर्ता भएको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने १ लाख ३६ हजार ४ वटा विभिन्न सवारीका धनीलाई कारबाही गरेर प्रहरीले ११ करोड ८९ लाख २५ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जानकारी दिए ।






















