टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

जगत ठाडा मगर
२०७८ माघ ९ | मध्यान्ह ०५:१० बजे

काठमाडौं, माघ ९ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ५० बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।
कोभिड – १९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी नै संक्रमित भएपछि खोप कार्यक्रम स्थगित गरिने अस्पतालले जनाएकोे छ । अस्पतालले आज विज्ञप्ति जारी गर्दै सोमबारदेखि एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी दिएको छ ।
अस्पतालले कोभिडविरुद्धको पहिलो र दोस्रो दुवै डोज खोप कार्यक्रम सञ्चालन गरिरहेको थियो ।
विज्ञप्ति हेर्नुहोस् :























