Opens in a new tab

राजनीति

निर्वाचन आयोगको पत्र संविधानको मर्म विपरित : राप्रपा

जगत ठाडा मगर
२०७८ माघ ९ | मध्यान्ह ०३:१० बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगले पठाएको पत्रलाई नेपालको संविधानको मर्म र भावनाविपरीत रहेको ठहर गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्गेदनको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले यस्तो ठहर गरेको हो ।

‘निर्वाचन आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन हिन्दुराष्ट्र एवं राजसंस्थासिहतको प्रजातन्त्र’को मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकाले सो वाक्यांश हटाइ नेपालको संविधानको धारा २६९ तथा राजनीट्टिक दल सम्बन्धी ऐन २०७३ अनुकूल हुनेगरी उल्लेख गर्नुहुन भनी पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरीत भएको राप्रपाको ठहर छ,’ निर्णयमा भनिएको छ।

राप्रपाले पार्टी झन्डा र चुनाव चिन्हको विषय पनि राप्रपाको मूल्य र मान्यता विपरीत रहेको भन्दै कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ । निर्वाचन आयोगले राप्रपालाई पत्राचार गर्दै हिन्दुराष्ट्र र राजसंस्था शब्द विधानबाट हटाउन निर्देशन दिएको थियो ।

photo 2022 01 23 02 09 48

कमेन्टहरु