सानिमा लाइफको सेयर मूल्यमा उच्च वृद्धि

जगत ठाडा मगर
२०७८ माघ ९ | मध्यान्ह ०२:१० बजे

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य वृद्धि भएको छ । यति बेला कम्पनीको सेयर मूल्य ७.५२ प्रतिशतले वृद्धि भएको हो ।
समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२ रुपैयाँ १० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ६०२ रुपैयाँ कायम भएको छ । यति बेला विन नेपाल लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यस्तै, बुद्धभुमि नेपाल, मध्य भोटेकोशी लगायतको कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।






















