२४ लाख डोज खोप कसले लुकायो वा बेच्यो ? : एमाले

जगत ठाडा मगर
२०७८ माघ ९ | मध्यान्ह ०१:१० बजे

काठमाडौं, माघ ९ । नेकपा एमालेले कोरोनाविद्धको २४ लाख डोज खोप कहाँ गयो कसले बेच्यो भन्दै प्रश्न गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक विज्ञप्ति जारी गर्दै कहाँ गयो यति धेरै मात्राको खोप भन्दै प्रश्न गरेका हुन् ।
‘कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ? एकातिर यति धेरै मात्रा खोप गायव पारिएकोछ भने अर्कातिर भण्डारणमा भएको खोपको सही वितरण हुन नसक्दा हजारौँ नागरिक खोपबाट वञ्चित छन्,’ विज्ञप्तिमा भनिएको छ ।
सिरिन्ज र आधारभूत औषधि सिटामोलसमेत उपलब्ध गराउन नसक्नु सरकारको गैरजिम्मेवारीपन र लज्जास्पद कुरा भएको एमालेले बताएको छ । सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेर जनस्वास्थ्यको विषयमाथि खेलवाड गरेको पनि एमालेको आरोप छ ।






















