देश

ओखलढुंगामा डोजरले पल्टाएको ढुंगा गुडिरहेको बोलेरोमाथि खस्दा ३ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ माघ ९ | मध्यान्ह १२:१० बजे

ओखलढुंगा, माघ ९ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानस्थित डोजरले पहाड सम्याउँदा खसेको ढुंगाले गुँडिरेहेको बोलेरोलाई लाग्दा गाडीमा सवार ३ जनाको मृत्यु भएको छ ।

करिब डेढ सय मिटर माथिबाट झरेको ढुंगाले लागेको ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेले बताए । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ घर भएका १० वर्षीय युषक कोइराला, ७ वर्षीय युनिषा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका–१ घर भएका वर्ष ३० का हेम बहादुर मगर रहेका छन् । निशंखे भञ्ज्याङबाट सदरमुकाम आउँदै गरेको को १ज ३५६९ नम्बरको बोलेरोमा ६ जना सवार थिए ।

दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनालाई उपचारका लागी काठमाडौं पठाइएको र एकजनाको ओखलढुंगा स्थित मिसन अस्पतालमा उपचार भइरहेको डिएसपी काफ्लेले बताए ।

कमेन्टहरु