देश

एमाले अध्यक्ष ओली र उनका पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण

जगत ठाडा मगर
२०७८ माघ ९ | बिहान ११:१० बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गरेका थिए ।

पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति आफ्नो निवासमा नै होम आइसोलेसनमा बसेका छन् । यसभन्दा अगाडि जाेगिँदै आएका पूर्वप्रधानमन्त्री ओलीलाई काेराेना संक्रमण भएकाे पहिलाेपल्ट हाे । अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएको जानकारी एमालेले केहीबेरमा औपचारिक प्रेस वक्तव्यमार्फत दिने भएको छ ।

अध्यक्ष ओली पछिल्लो सार्वजनिक कार्यक्रममा भने सगभागी भएका थिएनन् । आज हुने भनिएको एमालेको पत्रकार सम्मेलन अध्यक्षलाई कोभिड संक्रमण भएपछि स्थगित भएको हो । नेपालमा पछिल्लो कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।

केही समयअघि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

कमेन्टहरु