Opens in a new tab

वर्षाका कारणले देशका विभिन्न सडकखण्ड अवरुद्ध

नवलपुर टुडे

29Shares
फाइल तस्बिर

सारांश

काठमाडौं, आश्विन १४ । वर्षाका कारण देशका विभिन्न जिल्लाका सडकखण्ड अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार नुवाकोट, रसुवा, मनाङ, गुल्मी, म्याग्दी, मुस्ताङ, नवलपरासी पूर्व र लमजुङका विभिन्न सडक प्रभावित भएका हुन्।

नुवाकोटको टोखा-छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारी राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ।

रसुवाको पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। त्रिशुली नदीको कटान र बाढीका कारण सडकको ठुलो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ। स्याफ्रुबेंसीसम्म पुग्न काठमाडौं-टोखा-छहरे-विदुर हुँदै धुन्चे-स्याफ्रुबेंसीसम्मको सिंगल लेन कच्ची सडकलाई वैकल्पिक बाटोका रूपमा प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

त्यस्तै, मनाङको बेँसीसहर-खाङसार, गुल्मीको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी-जोमसोम, मुस्ताङको जोमसोम-कोरला, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र लमजुङको मध्यपहाडी लोकमार्ग पनि विभिन्न स्थानमा अवरुद्ध भएका छन्। पहिरो, लेदो, बाढी र सडक भासिएका कारण यी सडकमा आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ ।

May be an image of text

May be an image of text

अरुपनि पढ्नुहोस

सबै
lxpFn] el/Psf] dgfª ;]tfDd] dgfª !( dªl;/ M dgfªdf ;f]daf/ laxfgfb]lv k/]sf] lxdkftsf sf/0f hd]sf] lxpF . dgfª ;b/d'sfd rfd]nufot dflyNnf] e]udf afSnf] lxdkft xF'bf hghLjg si6s/ ePsf] 5 eg] ko{6s cfjthfjtdf ;d]t ;s; ePsf] 5 . tl:a/ M gjLg nfld5fg]÷/f;;

सर्लाहीमा जङ्गली हात्ती मृत फेला

२०८३ अशोज १८ | मध्यान्ह ०५:०६ बजे