मुख्य समाचार

ट्याग परियोजना अन्तर्गत अभिभावक संग जि.ई.एस.आइ.सम्बन्धी अन्तरक्रिया कार्यक्रम जहदामा सम्पन्न

जगत ठाडा मगर
२०७८ माघ ८ | मध्यान्ह ०७:१० बजे

रामु भुसाल
नवलपरासी । पश्चिम नवलपरासीको जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बर्दघाट १२ द्धारा रिड नेपालको सहयोगमा सञ्चालित ट्याग परियोजना अन्तर्गत अभिभावक संग जि.ई.एस.आइ. सम्बन्धी कार्यक्रम बुधबार जहदामा सम्पन्न भएको छ ।

श्रोत केन्द्रका अध्यक्ष सुरज केसीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा कार्यक्रमको प्रमुख उदेश्य लैगिंक समानता तथा समावेशीकरणको बारेमा छलफल गरिएको थियो । सो अवसरमा ट्याग किशोरीहरुको अभिभावकले घर परिवार र समुदायमा सबैको समान सहभागिताको नियम बनाएर घरमा लागु गर्ने प्रतिबद्धता सहित सयुक्त हस्ताक्षर गरिएको थियो ।

कार्यक्रमको सहजिकरण ट्याग समयोजक लक्ष्मी धितांगले गर्नुभएको थियो । सो अवसरमा पुस्तकालयका ब्यवस्थापनि समिति सदस्य प्रदिप कुमार चौधरी लगायतले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रमको स्वागत मेन्टर योगमाया क्षेत्रीको रहेको थियो भने कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव गोपाल सिँह आलेले गर्नुभएको थियो ।

कमेन्टहरु