बर्दघाट नगरपालिका- २ लाई बुधबार एक कार्यक्रमका बीच १५औं पुर्ण संस्थागत सुत्केरी वडा घोषणा


रामु् भुसाल
नवलपरासी, माघ ८ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं २ लाई बुधबार एक कार्यक्रमका बीच १५औं पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ ।
बर्दघाट वडा नम्बर २ का वडाध्यक्ष दया दर्लामीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले नगरलाई पुर्ण संस्थागत सुत्केरी नगरका रुपमा घोषणा गर्न विभिन्न अभियान अन्तर्गत नगरका १६ वटा वार्ड मध्य अहिले सम्म १५ वटा वार्डलाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न सफल भएको बताउदै सो अभियानका सबै सुचकहरु पुरा भइसकेको हुदा बर्दघाट नगरपालिकाको वडा नम्बर ४ सहित नगरलाई पुर्ण सस्थागत सुत्केरी नगर घोषणा गर्न सम्पुर्ण तयारी पुरा भएको र सो घोषणा भएपश्चात बर्दघाट नगरपालिका नेपालमै पहिलो सस्थागत सुत्केरी नगर घोषणा हुने बताउनुभयोे ।
उहाँले नगरवासीलाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सबै वडामा स्वास्थ्य चौकी निर्माण अभियान तीब्र गतिमा संचालन भइरहेको र नगरले अभियान अन्तर्गत सुत्केरी हुनुअघि २ पटक भिडियो एक्सरे, सुत्केरी हुन जाँन एम्बुलेन्स सेवा, सुत्केरी भएर स्वास्थ्य स्ंस्थामा बस्दा सुत्केरी र कुरुवालाई खाना, सुत्केरी भएपछि ५ हजार पोषण खर्च र ३ पटक घरमा गएर आमा र नवजात शिशुको स्वास्थ्य जाँच तथा परामर्श निशुल्क उपलब्ध गराउँदै आएको बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा उपप्रमुख मायादेवी पौडेलले अब गाउँ गाउँबाट स्वास्थ्य सेवा उपलब्ध हुने बताउदै अब प्रसब बेदना लिएर टाढा जानुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो । कार्यक्रममा अर्का विशेष अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याय, महिला स्वास्थय स्वयंसेविका दधिकला पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा चिसापानी अस्पतालकी नर्सिंङ निरिक्षक मिना श्रेष्ठले बर्दघाट वार्ड नम्बर २ को पुर्ण सस्थागत सुत्केरी वडा घोषणाको प्रतिबेदन प्रस्तुत गर्दै यस वार्ड नम्बर २ मा ०७७ श्रावण देखी ०७८ असार सम्म १ सय ३६ गर्भवति मध्य १ सय ३३ जना सस्थागत सुत्केरी भएको प्रतिबेदन मार्फत जानकारी दिनुभयो ।
कार्यक्रममा पुर्ण सस्थागत सुत्केरी वडा घोषणालाई सफल बनाउन विभिन्न तबरबाट सहयोग गर्ने महिला स्वास्थ्य स्वंय सेवीका लगायत अन्य संघ सस्थाहरुलाई सम्मान गरिएको तियो । सो अवसरमा चिसापानी अस्पतालका समेडिकल सुपरिटेण्डेन्ट डाक्टर पवन अग्रहरी, अस्पतालका जनस्वास्थ्य निरिक्षक रमेशचन्द्र न्यौपाने, बर्दघाट स्वास्थय शाखा प्रमुख माधव ज्ञवली लगायत स्वास्थ्यकर्मी, स्वयं सेवीका, जनप्रतिनिधि, आमा समुहका प्रतिनिधि सञ्चारकर्मी लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन चिसापानी अस्पतालकी स्टाफ नर्स दिलमाया गुरुंगले गर्नुभएको थियो ।






















