अर्थ

आज कुन देशको मुद्राको विनिमयदर कति ?

जगत ठाडा मगर
२०७८ माघ ८ | बिहान ०८:१० बजे

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३७ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ ।

युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ १५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९६ पैसा कायम छ । कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्रीदर १० रुपैयाँ ४८ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कमेन्टहरु