समाज

सहमती संस्थाद्वारा राहत वितरण

जगत ठाडा मगर
२०७८ माघ ६ | मध्यान्ह ०५:१० बजे

शुकदेव गुप्ता
नवलपरासी, माघ ६ । पश्चिम नवलपरासी र पुर्वी नवलपरासीमा लुथरन वल्र्ड रिलिफकाे सहयाेगमा र सहमति संस्थाकाे अायाेजनामा जाडाेबाट प्रभावित अति बिपन्न परिवारलाई न्यानाे कपडा राहत समाग्री बितरण कार्यक्रम गरिएको छ । जाडाेबाट सुस्ता गाउँपालिका वडा न.२, ४ र ५ का अति बिपन्न परिवारलाई १८५ वटा ब्लाङकेट र ९० वटा म्याट वितरण गरिएको हाे ।

राहत वितरण कार्यक्रममा सहमति संस्थाका अध्यक्ष हाेमनाथ सुवेदी, सुस्ता गा.पा.अध्यक्ष रामप्रसाद, सुस्ता ५ का वडाध्यक्ष प्रभुनाथ यादव, सुस्ता गा.पा. ४ का वडासदस्य विना गिरी, नर्सही महिला बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कुमारी गुरुङ्ग, सहमति संस्थाका कार्यकारी सदस्य दयासागर सुवेदी तथा कर्मचारी मुन्सी हरिजन, शिव सुवेदी, दिर्घमणि पाेखरेल, पत्रकार लगाएत स्थानीय जनताहरुकाे सहभागीता रहेको थियो ।

आउने दिनहरुमा यो क्षेत्रमा रहेकाे गरिब विपन्न परिवारहरुलाई जिवकाेपार्जन क्षेत्रमा सहयाेग गर्छाैं भनी सहमति संस्थाका अध्यक्ष सुवेदीले प्रतिबद्धता जनाएका छन् ।

कमेन्टहरु