समाज

मर्यादपुर एकीकृत दलित बस्ती भव्य रूपमा उद्वघाटन

जगत ठाडा मगर
२०७८ माघ १ | मध्यान्ह ०८:१० बजे

सिताराम साह
रौतहट, ०१ माघ । राैतहट जिल्लाकाे माैलापुर नगरपालिकामा रहेकाे मर्यादपुर एकीकृत दलित बस्ती भव्य रूपमा उद्वघाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच नेकपा एमाले उपमहासचिब प्रदिप ज्ञवालीले समुदघाटन गर्नु भएको हो ।

माैलापुर नगरपालिकाद्वारा निर्मित नगरकाे गाैरव आयाेजना माैलापुर नगरपालिकाकाे वडा नम्बर २ मर्यादपुर टाेलमा साे दलित बस्ती निर्माण पश्चात् उद्वघाटन गरिएको हाे । उद्वघाटन कार्यक्रमकाे अध्यक्षता नगरप्रमुख रिना कुमारी साहले गर्नु भएको थियोे भने प्रमुख अतिथीकाे रूपमा नेकपा एमालेका नेता प्रदिप ज्ञवाली रहन भएको थियाे ।

कार्यक्रमकाे विशिष्ट अतिथिकाे रूपमा नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साह रहनुभएको थियाे । कार्यक्रममा स्वागत मन्तव्य माैलनपुर नगरपालिकाका उपमेयर गाैरीशंकर जयसवालले राख्नु भएको थियाे भने
कार्यक्रम सञ्चालन मनाेज यादवले गर्नु भएको थियाे । मर्यादपुर २५ जना दलित चमार समुदायका मानिसहरूकाे दुईकाेठे पक्की भवन निर्माण पश्चात आज उद्वघाटन गरि हस्तान्तरण गरिएको हाे ।

स्थानीय सरकार बनेपछि आर्थिक वर्ष २०७४/७५ देखि २०७८ माघ १ मा निर्माण भएपछि आैपचारिक रूपमा उद्वघाटन गरिएको हाे । साे कार्यक्रममा सामुदायिक बिद्यालयमा ल्यापटप वितरणकाे लागि शिक्षा संयाेजक चन्देश्वर साहलाई जिम्मा लगाईएकाे थियाे । त्यस्तै ल्याण्ड पाेलिङ्ग मार्फत भएको घडेरीकाे लालपुर्जा वितरण, खेलकुद सामाग्री वितरण, स्वास्थ्य स्वयंसेविकाहरूलाई र कलाकारहरूलाई माेबाईल वितरण गरिएको थियाे ।

नगरपालिकाले एउटा घर सातलाख ५० हजारको दरले निर्माण गरेर शनिबार समुदायलाई हस्तान्तरण गरेको हो। एक करोड ८७ लाख ५० हजारको लागतमा एकीकृत दलित बस्ती निर्माण गरिएको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले जानकारी दिइन्।

दुई वटा कोठा, शौचालय, धारासहितको घर निर्माण गरिएको हो । मुख्य सडकमा सात धुर र भित्र ८ र ९ धुर जमिनमा घर बनाइ फुसको घरमा बस्दै आएका चमार समुदायलाई घर हस्तान्तरण गरिएको हो।

शैक्षिक संस्था, स्वास्थ्य सस्था, सरकारी कार्यालय, सार्वजनिक पूर्वाधार एवं एकीकृत बस्ती विकास, नगरपालिकाको कार्यालय स्थापना जस्ता दीर्घकालीन पूर्वाधार निर्माणको लागि १३ करोड ५६ लाखको लगानीमा जमिन खरिद गरिएको नगरपालिकाले जनाएको छ। मौलापुर नगरपालिकाले १२ बिगाह, १८ कठ्ठा १० घुर जमिन विभिन्न वडामा खरिद गरेको छ।

साे अवसरमा निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा, कटहरिया नगरप्रमुख सियाराम कुशवाहा, जिल्ला अध्यक्ष तुल्सीराज गिरी, प्रदेश २ सह ईन्चार्ज सुमन राज प्याकुरेल नेका प्रदेश सदस्य त्रिभुवन साह , सहित नेकपा एमालेका दर्जनौं नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।

कमेन्टहरु