उपत्यकामा थपिए २२१९ संक्रमित, सक्रिय १२ हजार बढी


काठमाडौ, ०१ माघ । काठमाडौं उपत्यकामा २२१९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ संक्रमित थपिएका छन्।
यसैगरी, काठमाडौं उपत्यकामा १२८१४ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ९०६१, ललितपुरमा २३८२ र भक्तपुरमा १३७१ सक्रिय संक्रमित छन् । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्।
यो हिजोको भन्दा कम संक्रमित संख्या हो । हिजो एकैदिन ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार पिसिआर परीक्षणबाट ३ हजार ७०३ र एन्टिजेन परीक्षणबाट ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १४ हजार ५५६ जनामा कोरोना परीक्षण गरिएको थियो । देशभर २१ हजार ५ सय ८४ जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् । यस्तै ३५० जना संक्रमणबाट मुक्त भएका छन् ।






















