चितवन जिल्ला लिग : यात्रा र हर्दी बराबरीमा रोकिए

जगत ठाडा मगर
२०७८ माघ १ | मध्यान्ह ०४:१० बजे

चितवन, १ माघ । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा बगान यात्रा ग्रुप र हर्दी युवा समाजले अंक बाँडेका छन् । आज (शनिबार) भएको पहिलो खेलमा यात्रा र हर्दीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्ने केही अवसर खेर फाले । खेलको म्यान अफ दि म्याच यात्राका रोजल दाहाल घोषित भए । उनलाई बागमती प्रदेश फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले ट्रफी प्रदान गरे । बराबरीपछि समूह ‘बी’ मा ४ खेलबाट ७ अंक बटुल्दै यात्रा दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ४ अंक बनाएको हर्दी तालिकाको पाचौं स्थानमा यथावत छ ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर महानगरपालिका–७ कृष्णपुरस्थित कृष्णपुर खेल मैदान जारी लिगमा १३ टोली सहभागि छन् ।






















