राजनीति

प्रधानमन्त्री देउवालाई एमालेले बुझायो ध्यानाकर्षण पत्र(पूर्णपाठसहित)

जगत ठाडा मगर
२०७८ माघ १ | मध्यान्ह ०४:१० बजे

काठमाडौं, माघ १ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा ध्यानाकर्षण गराएको छ । शनिबार दिउँसो एमाले संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङको नेतृत्वमा प्रधानमन्त्री देउवालाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको हो।

उक्त पत्रमा कोरोना नियन्त्रण , रोकथाम तथा उपचारमा कमजोरी उल्लेख गरिएको छ । प्रधानमन्त्रीले व्यक्त गरेको खोप, खोप र खोप प्रतिबद्धताअनुसार खोप लगाउन नसकेको , खोपको प्रर्याप्तता हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएको, पहिलो र दोस्रो खोप लगाएकाहरूलाई बुस्टर डोज नदिइएको, जनशक्तिलाई प्रेरणा हुने खालका कार्यक्रमहरू संचालन हुन नसकेको एमालेले बताएको छ।

त्यस्तै सबै पालिकामा जनस्वास्थ्य निरीक्षकको व्यवस्था नभएको, नेपाल–भारत सिमाना र अन्तर्राष्ट्रिय विमानस्थलमा टेस्टिङ र होल्डिंग सेन्टरको व्यवस्था नभएको, टेस्टिङ र ट्रेसिङ कार्यमा वृद्धि नभएको, औषधी, उपकरण, खोप र जनशक्तिको देशव्यापी उपलब्धताका लागि ठोस पहल नभएको एमालेले उल्लेख गरेको छ ।

photo 2022 01 15 02 24 38

photo 2022 01 15 02 24 43

photo 2022 01 15 02 24 48

photo 2022 01 15 02 24 52

कमेन्टहरु