सप्तरीमा ट्याक्टर पल्टिदाँ युवकको मृत्यु

जगत ठाडा मगर
२०७८ माघ १ | मध्यान्ह ०२:१० बजे

सप्तरी, ०१ माघ । सप्तरीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर ६ का २३ वर्षीय धिरज सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स १ त २७६ नम्बरको ट्याक्टर लिएर माटो लिन जाने क्रममा अनियन्त्रित भई कोशीको पश्चिमी नहरमा पल्टिँदा दुर्घटना भएकको हो । ट्याक्टरका चालक खाना खाइरहेको अवस्थामा सदाले ट्याक्टर गुडाएर माटो लिन गएका र त्यसै क्रममा ट्याक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
ट्याक्टर पल्टिँदा पानीमा डुबेको शव प्रहरीले बाहिर निकालेको थियो । मृतकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






















