मुख्यमन्त्री राउतद्वारा मकर संक्रान्ति तथा माघी पर्वको शुभकामना


जनकपुरधाम, ०१ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले मकर संक्रान्ति तथा माघी पर्वको शुभकमना दिएका छन् ।
उनले नेपालका विभिन्न जातजाति तथा समुदायहरुद्वारा मनाइने माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा प्रदेश, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृति सुस्वास्थ्यको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकमना व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री राउतले जातीय तथा धार्मिक, साँस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा यस मकर संक्रान्ति तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वको रुपमा हर्षोल्लासपूर्वक धुमधामले मनाउने भएकाले नेपालीबीच एकता र सद्भाव कायम राख्न मद्दत पुर्याउने यस्ता चाडपर्व र सँस्कृतिहरुको संरक्षण तथा सम्बद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको विश्वास व्यक्त गरे ।
विविधताले भरिपूर्ण सिङ्गो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस महानपर्वले सबै नेपालीमा उत्साह एवम् उमङ्ग थप्दै सबै नेपालीबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक–सांस्कृतिक एकतालाई सुदृढ बनाउने मुख्यमन्त्री राउतद्वारा जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।






















