गुल्मीमा अल्ट्रो कार दुर्घटना

जगत ठाडा मगर
२०७८ माघ १ | बिहान ११:१० बजे

सुरज नेपाली
गुल्मी, माघ १ । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर – ३ गौडाकोट म्यालपोखरीमा कार दुर्घटना भएको छ । ग १ ज ५२८० नम्बरको अल्ट्रो कार शितले सडक चिप्लो भएको कारण दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा मानवीय क्षति भएको छैन कार पोखरा देखि तम्घास शुक्रवार यात्रु छोडेर आज तम्घास देखि पोखरा जादै थियो । स्मरण रहोस हिजो पनि सोहि ठाउँबाट ग १ च ७५४७ नम्बरको बोलेरो जिप पनि पल्टिएको थियो । दुबै दुर्घटना मा मानविय क्षति भएको छैन ।






















