धर्म–संस्कृति/रीतिथिति

सिरहाको पर्यटकीय नगरी अमवासमा मगरको माघी पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०७८ पुस ३० | मध्यान्ह ०९:०९ बजे

बिनोद मण्डल
सिरहा, पुस ३० । नेपालको राजनीतिक इतिहासमा कम्युनिष्टको लालकिल्ला भनेर चिनिने साविक गाउँविकास समिति विष्णुपुरक्ट्टी ३ तथा हाल धनगढीमाई १४ स्थित सर्रे अमवासको श्री मदन स्मृति माध्यामिक विद्यालयमा मगर संघ सिरहाको जिल्ला कार्यसमितिद्धारा आयोजित ९औं माघेसंक्रान्ति २०७८ शुभकामना आदानप्रदान कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

निर्धारित समयमा संचालित कार्यक्रममा मगर संघको जिल्ला कार्यसमिती अध्यक्ष प्रकाश मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नन्दकुमार थापा मगर विशिष्ट अतिथि धनगढीमाईका मेयर हरिनारायण चौधरी, रेशम कुमारी थापा मगर(गोलबजार नगरपालिका) उपमेयर लगायत अथितीहरु आदिवासी जनजाति महासंघ सिराहा शाखाको अध्यक्ष डेनोक मोक्तान, उपाध्यक्ष दिलीप लामा, रूपा आले मगर, उत्तर बहादुर मगर, तेज बहादुर मगर, नेपाल पत्रकार महासंघ सिराहा शाखाको सदस्य बिनोद मण्डल लगायतको उपस्थितिमा आयोजित मगर समुदायको कार्यक्रममा जिल्लाका विभिन्न भागबाट सवारीसाधनको माध्यमबाट करिब ४ हजार मगर समुदायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालको शहीद लखन थापाको तस्बिरमा मगर संघको जिल्ला सल्लाहकार नन्दकुमार थापाले माल्यार्पन गरेपछि कार्यक्रमको औपचारिकता शुरु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य अशोक मगरले गर्नुभएको थियो भने स्वागत नृत्य अलङ्कार कला केन्द्र धनगढीमाई ९ जिरोमाइलको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघ सिराहा शाखाको अध्यक्ष डेनोक मोक्तानले मगरहरू सांस्कृतिक हिसाबले धनी भएको र राज्यसँग आफ्नो अधिकारको लागि अझै लड्नुपर्ने बताउनु भएको छ । अधिकांश वक्ताले राज्यको हरेक निकायमा मगरको पहुंच हुनुपर्ने धारणा राखेका थिए भने केही वक्ताले नेपाली राजनीतिक हिसाबले जुनसुकै पार्टी भएपनि आपसमा मगर एक हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा लोक गायिका प्रीति आलेको बेजोड सांगीतिक प्रस्तुतिको कारण कार्यक्रम खुशीयालीमा परिणत भएको थियो भने कलाकार आले आफू सिरहामा पनि मगर समुदायको बाहुल्यता रहेको खुशीयालीमा मंचमा पस्चिमेली र पूर्वेली भाकाका गीतहरू गाएर दर्शकलाई मोहित पारेका थिए । कार्यक्रमको सञ्चालन निर बहादुर आले र अर्का एक महिलाले सञ्चालन गरेका थिए ।

कमेन्टहरु