प्रेस चाैतारी नवलपरासीको अध्यक्षमा मेघराज गौतम निर्बाचित


सुरेश यादव
नवलपरासी, पुस ३० । प्रेस चाैतारी नेपाल जिल्ला शाखा पश्चिम नवलपरासीको छैठौं जिल्ला अधिवेशन समृद्ध नेपाल निर्माणका लागि सबल, श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता, व्यवसायिक पत्रकारिता प्रेस चाैतारीकाे आधार भन्ने मुल नाराका साथ अधिवेशन सम्पन्न भएकाे छ ।
सम्पन्न अधिवेशनले मेघराज गौतमको अध्यक्षतामा १५ सदस्यीय प्रेस चौतारी नेपाल नवलपरासीको कार्यसमिति गठन गरेको छ । जसमा अध्यक्षमा मेघराज गाैतम, उपाध्यक्ष गाैरीशंकर जयसवाल, महिला उपाध्यक्ष जशाेधा भुसाल, सचिव रामु भुसाल, सह सचिव सञ्जय कंडेल र अभिषेक राव, काेषाध्यक्ष माधव प्रसाद घिमिरे, सदस्यहरु सुरेश यादव, महेश यादव, शुकदेव तेली, लक्ष्मी अर्याल, जीवन न्याैपाने, अमृता बिक र सुरेन्द्र न्याैपाने निर्बाचित भएका छन ।
प्रेस चाैतारी नेपाल पश्चिम नवलपरासीका संयाेजक माेहन पाैडेलकाे अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेशका ईन्चार्ज छविलाल बिश्वकर्माकाे प्रमुख आतिथ्यतामा प्रेस चाैतारी नेपाल जिल्ला शाखा पश्चिम नवलपरासीको छैठौं जिल्ला अधिवेशन नेपाल पत्रकार महासंघ नवलपरासीको सभाहलमा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा, नेकपा एमाले जिल्ला अध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी, नेकपा एमाले जिल्ला सचिव एवम् बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा बस्याल, संविधानसभा सदस्य सिन्धु जलेसा, प्रेस चाैतारी नेपालका केन्द्रीय सचिव भरत केसी, केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासंघ नवलपरासीका पुर्व अध्यक्ष केशव पराजुली, लुम्बिनी प्रदेश सचिव बेनी माधव बस्याल, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा नवलपरासी उद्याेग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा, प्रेस चाैतारी नेपालकाे केन्द्रीय सचिव भरत केसी, संविधानसभा सदस्य सिन्धु जलेसा, नेकपा एमालेका जिल्ला अध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।
कार्यक्रम सञ्चालन प्रेस चाैतारी नेपाल पश्चिम नवलपरासीका सह-संयाेजक कृष्ण ढकालले गर्नुभएकाे थियाे भने स्वागत मन्तव्य प्रेस चाैतारी पश्चिम नवलपरासीका सदस्य एवम् नेपाल पत्रकार महासंघ नवलपरासीको उपाध्यक्ष मालती न्याैपानेले राख्नुभएको थियाे ।






















