युवा नेता उमेशचन्द्र यादवद्वारा दुक्कि क्रिकेट प्रतियोगिता उद्वघाटन नन्दु यादव


नन्दु यादव
नवलपरासी, पाैष ३० । पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउँपालिका वडा न ४ ठुलाे खैरटवामा अाज देखि T-10 दुक्कि प्रतियाेगिता सुरु भएकाे छ ।ठुलाेखैरटवा क्रिकेट युवा क्लबका अध्यक्ष रन्जित यादवकाे अध्यक्षता तथा नेपाली कांग्रेसका जिल्ला सचिव युवा नेता उमेशचन्द्र यादवकाे प्रमुख अतिथ्यतामामा अाज बिधिवत रुपमा प्रतियोगिता उद्वघाटन भएकाे हाे ।
उद्वघाटन कार्यक्रममा समाजसेवी जयगाेबिन्द यादवले स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने, समाजसेवी महादेव यादव, अनाेज यादव, बेचु प्रसाद यादव, वडा सदस्य रघुनाथ गाैड, वडा न ४ का अध्यक्ष जन्त्री प्रसाद बरई लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले खेलाडीहरुकाे मुख्य गहना भनेकै अनुशासन रहेकाेले अनुशासनमा बसि खेल्नेतर्फ जाेड दिन लगाउनु भयाे । खेलले शारीरिक, मानसिक, सामाजिक तथा अार्थिक लगायतकाे क्षेत्रमा बिकास हुने भएकाेले युवाहरु खेलमा सहभागी हुनुपर्ने बताउनु भयाे ।
खेलले मित्रताकाे सम्बन्धलाई मजबुत पार्ने समेत बताउनु भयाे । अहिले अामनागरिकहरुले प्राबिधिक समय अाएकाेले अारामदायी जीवन बिताईरहदा विभिन्न राेगकाे सिकार बन्नु परेकाेले अब सबैले खेल र ब्यायम गरि स्वस्थ्य रहनुपर्ने बताउदै, अाउने दिनमा यस्ता खेलमा अाफुले अार्थिक सामाजिक हरेक रुपले सहयाेेग गर्न प्रतिबद्धता समेत ब्यक्त गर्नु भएकाे थियाे ।






















