आज देशभर ५०८७ कोरोना संक्रमण, तीन संक्रमितको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस ३० | मध्यान्ह ०४:०९ बजे

बुटवल, पुस ३० । नेपालमा एकैदिन ५ हजार बढी कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन ५०८७ जना संक्रमित थपिएका हुन् ।
देशभरि २० हजार ५६० जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२०४ र एन्टिजेनबाट ८८३ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा थप ३०६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप तीन जना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो एक हप्तादेखि नेपालमा कोरोना संक्रमितहरुको संख्या ह्वातै बढेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या बढेर १८ हजार २३५ पुगेको छ।






















