देश

बुटवलस्थित प्लान बि डान्स क्लबमा आगलागी

जगत ठाडा मगर
२०७८ पुस ३० | मध्यान्ह ०२:०९ बजे

बुटवल, पुस ३० । बुटवलको प्लान बि डान्स क्लबमा आगलागी भएको छ । बुटवल मिलनचोकस्थित रहेको सिद्धार्थ कटेजनजिकै निर्माणाधीन उक्त क्लबमा शुक्रबार दिउँसो १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिको दमकल आइसकेको र तिलोत्तमा, देवदह र सैनामैनाका दमकल पनि आउँदै गरेको जानकारी दिए ।

आगलागी के कारणले भएको हो त्यसबारे अहिले जानकारी नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन केही समय लाग्ने बताए ।

कमेन्टहरु