समाज

पत्रकार महासंघको बैठकमा भाँँडभैलो, अध्यक्ष पोखरेलले आर्थिक पारदर्शिता नगरेको आरोप

जगत ठाडा मगर
२०७८ पुस ३० | मध्यान्ह ०२:०९ बजे

कपिलवस्तु । मिडिया अवार्ड वितरणको विषयलाई लिएर पत्रकार महासंघको बैठकमा भाँडभैलो भएको छ । उक्त विषयलाई लिएर प्रेस सेन्टर सम्बद्ध १७ जना सदस्यहरूले केहीबेर बैठक नै बहिष्कार गरेका छन् ।

कपिलबस्तुको तिलौराकोटमा आज (शुक्रबार) बिहानबाट सुरु भएको बैठकमा उनीहरुले मिडिया अवार्ड वितरण कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेल आफू मात्रै सहभागी भएको, महासंघमा आर्थिक पारदर्शिता नभएको, श्रमजीवी पत्रकारहरुको मुद्दालाई बेवास्ता गरिएको लगायतका विषयलाई उठाएका थिए ।

तर बैठक बहिष्कार गरेर बाहिरिएका उनीहरुलाई महासंघ नेतृत्वले माग सम्बोधन गर्ने आश्वासन दिएपछि अहिले उनीहरु बैठकमा सहभागी भएको केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेलले जानकारी दिए । अहिले बैठक नियमित रुपमा सञ्चालनका लागि पदाधिकारीहरू छलफलमा जुटेका छन् ।

कमेन्टहरु