देश

प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउन माग गर्दै ज्ञापनपत्र

जगत ठाडा मगर
२०७८ पुस ३० | मध्यान्ह ०१:०९ बजे

पर्सा ब्युरो
वीरगन्ज, पुस ३० । प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउन माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाईएको छ । लोकतान्त्रिक समाजवादी पर्साका नेता राजेशमान सिंहको अगुवाईमा मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाईएको हो।

वीरगन्जलाई राजधानी बनाउनलाई पूर्व निर्धारित कार्यक्रम अनुसार शुक्रबार मुख्यमन्त्री राउतको घर अगाडि शान्तिपूर्ण धर्ना दिने कार्यक्रमलाई स्थगीत गरेर ज्ञापनपत्र बुझाईएको लोकतान्त्रिक समाजवादी पर्साका नेता सिंहले जानकारी दिए। उनका अनुसार कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको भन्दै सरकारको निर्देशनलाई पालना गर्दै भिडभाड तथा भेला नगरी ज्ञापनपत्र बुझाईएको हो।

ज्ञापनपत्र बुझाउने टोलीमा नेताहरु उमेशलाल सहनी र सुजित गीरी लगायतकाहरुको सहभागीता रहेको थियो । गत मंगलबार वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दे नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाको अगुवाइमा प्रदर्शन गरेका थिए। भने गत शनिबार महन्थ ठाकुर नेतृत्वका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता कार्यकर्ताहरूको वीरगन्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रदर्शन गरेका थिए।

कमेन्टहरु