खेलकुद

भानु नकआउट फुटबल : आयोजक टिमको विजयी सुरुवात,आजबाट दैनीक दुई खेल हुने

जगत ठाडा मगर
२०७८ पुस ३० | बिहान १०:०९ बजे

केबि शर्मा
कावासोती । कावासोती शितल चौरमा जारी खुल्ला नक आउट प्रतियोगितामा हिजो भएको खेलमा आयोजक क्ल्ब भानु युथ एकेडेमीले सयपत्री युवा क्लब सात घरेलाई २-० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

विजयी टिमका लागि नवीन गाहा मगर र अभिशेक महतोले एक/एक गोल गर्न सफल भएका थिए । खेल अबधिमा राम्रो प्रदर्शन गरेका अजित लामा खेलको म्यान अफ द म्याचका रुपमा चुनिएका छन । उनले म्यान अफ द म्याचको ट्रफी हात पारेका छन।

जारी प्रतियोगिता अनतर्गत आजबाट दुई खेल हुने आयोजकले जनाएको छ । कोरोना महामारी फैलिदै गैरहेको अबस्थामा प्रतियोगिता छिटो सम्पन्न गर्न दैनिक दुई खेल खेलाउन लागिएको आयोजक क्लबका अध्यक्ष शुक बहादुर गुरुङले बताए । प्रतियोगिता अनतर्गत आजका खेलमा पहिलो खेल सेन्ट्रल २८ बिगाहा क्लब र बुद्द युवा क्लब देवदहका बीचमा हुनेछ भने दोस्रो खेल सनराइज फुटबल क्लब डण्डा विरुद्धमा प्रगतिकला क्लब दलदलेको बीचमा हुने भानु युथ एकेडेमीका सचिव नवीन गुरुङले जानकारी दिएका छ्न ।

कमेन्टहरु