धनगढीमा लागूऔषधसहित एक जना पक्राउ

जगत ठाडा मगर
२०७८ पुस ३० | बिहान १०:०९ बजे

धनगढी । धनगढीमा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपमहानगरपालिका – ३ मिलनचोकका १८ वर्षीय प्रशान्त देउवा रहेका छन्।
उनलाई अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको गस्ति टोलिले चेकजाँच गर्दा नाइट्रोभेट–९ ट्याबलेट, स्पास क्पाप्सुल–१२ ट्याबलेट लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ।
देउवालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।






















