अस्पतालहरूमा तत्काल जनशक्ति व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन

जगत ठाडा मगर
२०७८ पुस ३० | बिहान ०७:०९ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत दरवन्दी अनुसार कुनैपद रिक्त भए तत्काल जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै कुनैपद रिक्त भए तत्काल व्यवस्थापन गर्न शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पताल र प्रयोगशालालाई मन्त्रालयले निर्देशन दिएको हो।
स्वास्थ्य आपत्कालिन तथा विपद् व्यवस्थापन इकाइ स्वास्थ्य आपत्कालिन कार्य सञ्चालन केन्द्र (एचइओसी)का प्रमुख डा. समीरकुमार अधिकारीले विज्ञप्ति निकालेर करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा ३ महिनासम्म थप्न सकिने जनाएका छन् । स्वास्थ्य मन्त्रालयको बिहीकारको सचिवस्तरीय निर्णय अनुसार उक्त निर्देशन दिएको हो।























