प्रेस चौतारी ललितपुरको अध्यक्षमा आचार्य


ललितपुर । प्रेस चौतारी ललितपुरको अध्यक्षमा विएम आचार्य सर्वसम्मत चयन भएका छन्। ललितपुरको कुमारीपाटीमा विहीबार आयोजित पाँचौ जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्षमा चयन गरेको हो।
कार्यसमितिको सचिवमा अशोक दुलाल, उपाध्यक्षमा शान्ति घिमिरे, नवीन लुइटेल, सहसचिवमा अविन लिम्बु, सन्तोष दाहाल, कोषाध्यक्षमा इश्वर महर्जन सर्वम्मत चयन भएका छन्।
सदस्यहरुमा सुभानु आचार्य, कल्याण पौडेल, लक्ष्मण दुलाल, सुरेश तामाङ, रवि महर्जन, ज्ञान बहादुर महर्जन, रेखा खुलाल, संगम श्रेष्ठ, नरेन्द्र चालिसे, विद्धान कुलुङ चयन भएका छन्।
अधिवेशनमा निवर्तमान कार्यसमितिका सहसंयोजक अशोक दुलालले स्वागत मन्तव्य दिँदै ललितपुरको पत्रकारितालाई अघि बढाउन स्थानीय पत्रकारितालाई पत्रकारितालाई प्रवद्र्धन गर्नुपर्ने बताए ।
कार्यक्रममा पत्रकार इश्वरराज ढकाललाई सम्मान गरिएको थियो भने नवनिर्वाचित ललितपुर एमालेका जिल्ला र पालिका कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।






















