नबिल बैंक र बंगलादेश बैंक एक–आपसमा गाभिदै


काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेशबैंक एक आपसमा गाभिने सहमति भएको छ । बिहीबार साँझ दुवै बैंकविच संयुक्त मर्जर (एक्विजिसन) सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिश गरे बमोजिम सम्झौता भएको हो ।
एक्विजिसन सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि नबिलको नेपाल बंगलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम, सञ्चालक इन्द्रबहादुर थापा, सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर कमिटि गठन गरिएको थियो ।
सम्झौतापत्रमा नबील बैंकको तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकको तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन् । बैंकले प्राप्ति कार्य पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् । दुई बैंक आपसमा गाभिएपछि बैंकको प्राथमिक पुजी ४३ अर्ब रुपैयाँ चुक्ता पुजी २२ अर्ब ५० करोड कर्जा तीन खर्ब निक्षेप तीन खर्ब १४ करोड हुनेछ ।
बैंक एक आपमा गाभिएपछि नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल बैंकको अध्यक्ष र नबिल बैंककै अनिल केशरी शाह प्रमुख कार्यकारी अधिकृत हुनेछन् । गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ३० अर्ब माथी हुने जनाइएको छ । शाखा संजाल तत्कालै दुइ सय ३५ पुग्नेछ भने ग्राहक संख्या १६ लाख माथी हुनेछ ।
एक आपसमा गाभिनका लागि नविल बैंक र नेपाल बंगलादेश बैंकको शेयर अनुपात १००ः४३ रहने यसअघि नै सहमति भइसकेको थियो । नबिलले प्राप्ति गरेपछि बैंकको नाम भने नबिल बैंक नै रहनेछ ।






















