देश

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

जगत ठाडा मगर
२०७८ पुस २९ | मध्यान्ह ०९:०९ बजे

काठमाडौं, पुस २९ । प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । बिहीबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएपछि देउवाले आज फेरि पीसीआर परीक्षण गराएका हुन् । गत सोमबार देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण भएको थिए ।

देउवाको रिपोर्ट नेगेटिभ आएपनि उनीसँग दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि देउवाले फेरि पीसीआर गराएको उनको सचिवालयले जनाएको छ ।

कमेन्टहरु