देश

वीरगञ्जबाट १० किलो चरेससहित एक महिला पक्राउ

जगत ठाडा मगर
२०७८ पुस २९ | मध्यान्ह ०२:०९ बजे

२९ पुस, वीरगञ्ज । वीरगञ्जबाट लागूऔषध चरेससहित एक महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिपरीया परेवा नगरपालिका–९ रौतहटकी ४२ वर्षीया रंजु देवी रहेकी छिन् ।

प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले बुधबार साँझ उनलाई पक्राउ गरेको थियो । नेपालबाट भारतको रक्सौलतर्फ पैदल यात्रा गरिरहेका उनलाई चेकजाँच गर्दा १० किलो चरेश फेला परेको प्रहरीले जनाएको छ ।

उनको ढाड, खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधी अड्काई राखेको र ज्याकेटको दुबै तर्फको खल्तीबाट चरेशको प्याकेट फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

कमेन्टहरु