राजनीति

प्रधानन्यायाधीशकाे राजीनामा माग्दै, कानुन व्यवसायी बिरोध प्रदर्शनमा

जगत ठाडा मगर
२०७८ पुस २९ | मध्यान्ह ०२:०९ बजे

काठमाडौ, पुस २९ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालत बार परिसरमा नेपाल बार एसाेसिएसन, सर्वोच्च अदालत बार एसाेसिएसन, विशेष अदालत बार एसाेसिएसन लगायतका पदाधिकारी तथा कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय सम्पादनका साथै कर्मचारीहरूको वृत्ति विकासमा, न्यायाधीशहरूको सरुवाका कामहरू रोकिएको बताए । उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिएसँगै न्यायपालिकामा बारले बुझाएको प्रतिवेदनअनुसार काम गर्ने बाटो खुल्ने बताए ।

त्यस्तै विशेष अदालत बार एसाेसिएसनका अध्यक्ष तथा अधिवक्ता चुडामणि पौडेलले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा केही जिल्लाहरूमा जबरालाई देखाएर आफ्नो स्वार्थपूर्ति गर्न थालिएकाे बताए । उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म नेपाल बारले यो आन्दोलनलाई सशक्त बनाउँदै जाने बताए ।

अध्यक्ष पौडेलले आन्दोलनलाई अन्तिम निस्कर्षमा पुर्‍याएपछि मात्रै नेपाल बारले विश्राम लिने बताए । कोरोना महामारीको अवस्थालाई मध्यनजर गरी कानुन व्यावसायीहरूले २५ जना मात्रै भेला भएर सो आन्दोलन जारी राखेका हुन् ।

कमेन्टहरु