प्रेस चौतारी तनहुँको नवौ अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ, सचिवमा दुवाडी

जगत ठाडा मगर
२०७८ पुस २९ | बिहान १०:०९ बजे

दमौली, पुस २९ । प्रेस चौतारी तनहुँको अध्यक्षमा बिबि श्रेष्ठ चुनिएका छन् । बुधबार दमौलीमा भएको नवौं अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा कृष्ण न्यौपाने र सम्झाना रसाइली, सचिवमा ऋषिकान्त दुवाडी, सहसचिवमा सुनिता आचार्य र किरण श्रेष्ठ चुनिएका छन् ।
अधिवेशनले सर्वसम्मतरुपमा सबै पदाधिकारीसहित सदस्य चुनेको हो । बुधबार प्रेस चौतारीले अधिकांश जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।
केही जिल्लामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ भने केहीमा बाँकी छ । चौतारीले माघ २२ गतेदेखि पोखरामा महाधिवेशन गर्दैछ ।






















