देश

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

जगत ठाडा मगर
२०७८ पुस २८ | मध्यान्ह ०४:०९ बजे

काठमाडौं, पुस २८ । निर्वाचन आयोगले शुक्रबार विहान ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।

उनका अनुसार सर्वदलीय बैठकका मुख्य तीन वटा एजेन्डा रहेका छन् । ‘दलहरुलाई तीनवटा विषयमा छलफल हुन्छ भनेर विषय तोकेर पठाएका छौं, स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुन्छ’ उनले भने ।

बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई मिन्त्रणा गरिएको छ ।

कमेन्टहरु