एमाले पर्सा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

जगत ठाडा मगर
२०७८ पुस २८ | मध्यान्ह ०४:०९ बजे

पर्सा, पुस २८ । वीरगञ्जमा भइरहेको नेकपा एमाले पर्सा जिल्ला अधिवेशनमा नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि अनिश्चित कालका लागि स्थगित भएको छ ।
मंगलबार उद्घाटन सम्पन्न भएसंगै नेतृत्व चयनका राति नै सुरु बन्द सत्र सुरु भएको थियो । नेतृत्व निर्वाचन प्रक्रियामा लैजाने वा सहमतिको वातावरण बनाउने निर्क्यौल नभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको हो ।






















