रुपन्देही भलवाडीबाट लागुऔषधसहित तीन युवक पक्राउ

जगत ठाडा मगर
२०७८ पुस २८ | मध्यान्ह ०३:०९ बजे

बुटवल, पुस २८ । रुपन्देहीको तिलोत्तमामा लागुऔधषसहित तीन जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत महाराजगञ्ज नौतुनुवाका २० वर्षीय सेहावाद आलमसहित तीन जना रहेका छन । उनिहरुलाई इलाका प्रहरी कार्यालय बुटवलबाट खटिए गएको प्रहरी टोलीले मंगलबार साँझ तिलोत्तमा नगरपालिका – ७, भलवाडीबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट ३ ग्राम ८ सय ५० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइन जस्तो पदार्थ र नियन्त्रित लागुऔषध १२ चक्की स्पास्मो, ६ चक्की नाइट्रोभेट, नगद १८ हजार ९ सय रुपैयाँ र ६ थान मोबाइल बरामद गरेको छ ।






















