Opens in a new tab

शिक्षा

बागलुङ नगरपालिकाका सबै विद्यालय आजदेखि बन्द

जगत ठाडा मगर
२०७८ पुस २८ | मध्यान्ह ०३:०९ बजे

गलकोट, पुस २८ । कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले आज (मंगलबार) एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेका हुन्।

पोखरेलले पूर्व निर्धारित परीक्षा भने, पूर्ण सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न आग्रह गरेका हुन्।

कमेन्टहरु