देश

सशस्त्र प्रहरीद्वारा भन्सार छली चोरीपैठारीको सामान बरामद

जगत ठाडा मगर
२०७८ पुस २८ | मध्यान्ह ०१:०९ बजे

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका १ स्थित जलेश्वरबाट पौष २७ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले पौष २७ गते करीव २ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले चार वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको औषधि, मोवाईल पार्ट्स र हार्डवयरका सामान सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका १५ बसपार्क ईलाकाबाट बरामद गरेको हो ।

बरामद सामान तथा साईकल भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट अवैध रुपले ल्याउँदै गरेको करीव २ लाख १२ हजार रुपैयाँ बराबरको लत्ताकपडा गरेको छ ।

उक्त लत्ताकपडा पर्सा जिल्लाको विन्ध्यवासिनी गाउँपालिका ३ झौवास्थ सीमा ईलाकाबाट बरामद गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएकाे छ । बरामद लत्ताकपडा भन्सार कार्यालय वीरगंजमा बुझाईएको पनि सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएकाे छ ।

कमेन्टहरु